Aamsanchar

कोशी नहर क्षेत्र अतिक्रमण गरेर बनाइएका संरचनाहरू हटाइने

Author Image
बुधवार, चैत १८, २०८२

सप्तरी –  सप्तरीमा कोशी नहर क्षेत्र भित्र पर्ने सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचनाहरू हटाइने भएको छ । कोशी पम्प चन्द्र नहर सिंचाइ प्रणालीका जग्गा विभिन्न व्यक्तिहरुले अतिक्रमण गरेपछि हटाउने प्रक्रिया सुरु गरिएको हो ।

कोशी पम्प चन्द्र नहर सिंचाइ व्यवस्थापन कार्यालय राजविराजले चैत १६ गते सार्वजनिक सूचना जारी सात दिन भित्र जग्गा खाली गर्न निर्देशन दिएको छ । नहरमा विभिन्न किसिमको फोहोर फाल्ने र ढल मिसाउने जस्ता कार्यहरु पनि भइरहेको भन्दै कार्यालयले नहर कमाण्ड क्षेत्र भित्र यस्ता कुनै किसिमका गतिविधि नगर्न भनेको छ । बर्जित गतिविधि गरिएमा, हानी नोक्सानी, पुर्‍याएमा र सात दिनभित्र जग्गा खाली नगरेमा प्रचलित कानून वमोजिम कारवाही हुने चेतावनी कार्यालयले दिएको छ । नहरका जग्गा अतिक्रमण गरी घर टहराहरु बनाइएको छ । कतिपयले भने घाँस, दलहन बाली र रुख–विरुवाहरु लगाएका छन् । नहरको जग्गा अतिक्रमणमा परेपछि खेतबारीसम्म सिंचाइ पुर्‍याउन र ट्याक्टर लैजान समेत समस्या भएको स्थानीयले बताएका छन् ।

Views: 23

प्रतिक्रिया (०)

सम्बन्धित खबर