Aamsanchar

ओली र लेखकलाई पक्राउ गरेकोप्रति संसद्‌बाट एमालेको आपत्ति

Author Image
बिहिवार, चैत १९, २०८२

काठमाडौं- प्रतिनिधिसभा पहिलो बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गरेकोप्रति आपत्ति जनाएको छ ।

एमाले सांसद गुरु बरालले पहिलो बैठकमा विरोध जनाउँदै उठेका थिए ।

 

लगत्तै सभामुख अर्जुननरसिंह केसीले उनलाई बोल्न समय दिए । सो क्रममा सांसद बरालले संविधान विपरीत ओली र लेखकलाई पक्राउ गरिएको भन्दै रिहा गर्न समेत माग गरे ।

 

‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई मुलुकी कार्यविधिको दफा १८१ र/ १८२ गलत ढंगबाट प्रयोग गरेर बन्दी बनाइएको छ,’ उनले भने, ‘यो गम्भीर आपत्तिको विषय छ । यो विषयलाई लिएर देशव्यापी विरोध प्रदर्शन भइरहेको छ । आज सरकारले निर्मम दमन गरिरहेको छ ।’

‘आजै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको रिहाइको माग गर्दछौं,’ उनले भने।

Views: 27

प्रतिक्रिया (०)

सम्बन्धित खबर