

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको सचिवालयले बूढानीलकण्ठस्थित घर बिक्री नभएको बताएको छ । देउवा निवास बिक्री भएको गाइँगुइँ चलेपछि सचिवालयले बिहीबार बिक्री नगरिएको र बेच्ने कुनै कार्यक्रम पनि नरहेको बताएको हो ।

‘बूढानीलकण्ठको देउवा निवास बिक्री गर्ने कुनै कार्यक्रम छैन,’ सचिवालयले भनेको छ, ‘केही सञ्चारमाध्यममा गलत सूचनासहित घर बिक्री गरेको र बिक्रीमा राखेको भनेर भ्रामक सूचना संप्रेशण भएकाले बिक्रीमा नराखेको स्पष्ट पारिएको हो ।’ जेनजी आन्दोलनका क्रममा देउवा निवास जलाइएको थियो । पाँच पटक प्रधानमन्त्री भएका देउवाको उक्त घरको ऐतिहासिक महत्व भएकाले पनि बिक्री नगरिने सचिवालयले दाबी छ । ‘उक्त घर रहेको जग्गा डा.आरजु राणालाई उहाँको माइतीले दाइजोको रुपमा २०५० सालमा खरिद गरिदिएको हो,’ सचिवालयले भनेको छ ।
Views: 18


