Aamsanchar

ओली-लेखक पक्राउतर्फ लक्षित गर्दै रविले भने : न्याय पाउने पहिलो हक शहीदकी आमाको हो

Author Image
बिहिवार, चैत १९, २०८२

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउको विषयमा भएको भएको विरोधप्रति जवाफ फर्काएका छन् । बिहीबारको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले न्याय पाउने पहिलो हक शहीदकी आमाको भएको बताएका हुन् ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई स्मरण गर्दै लामिछानेले भने, ‘न्याय पाउने पहिलो हक शहीदकी आमाको हो यसलाई प्रतिशोधन भन्न पाइनेछैन ।’ उनले विधिको पालना गर्न विपक्षी दलहरूलाई पनि आग्रह गरे । त्यस्तै उनले सत्ता छाड्न परेपछि विदेशी चलखेल भनेर गरिने भाषण अब नहुने बताए । यसअघि सत्तामा रहेका दलहरूलाई लक्षित गर्दै उनले भने, ‘सत्ता छाड्न परेपछि विदेशी चलखेल भन्ने खेल अब हुनेछैन । पारदर्शी परराष्ट्र नीति अब हुनेछ । यसले पहिले राष्ट्रहित सुनिश्चित हुनेछ ।’ उनले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा पारदर्शीता र सुरक्षाको ग्यारेन्टी पनि गरे ।

Views: 35

प्रतिक्रिया (०)

सम्बन्धित खबर