भाद्र २३ र २४ को जेनजी आन्दोलन पछि के पी ओलीले प्रधानमन्त्रीबाट राजिनामा दिएपछि नेपालकै पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त हुनु भएकी सुशीला कार्कीले निर्धारित मितिमा आम जनतामा निर्वाचन हुन्छ कि हुदैन भन्ने उठेको संशय लाइ विश्वासमा बदलेर सफलतापूर्वक निर्वाचन सम्पन्न गरिन !

फाल्गुण २१ मा सम्पन्न भएको निर्वाचनमा झण्डै दुई तिहाइ मत १८२ सिट ल्याएर रास्वपाले नेपालकै इतिहासमा इतिहास बनाउदै काठमाडौँका पूर्व मेयर वर्तमानमा रास्वपा का वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा प्रस्तुत गर्यो !

चैत्र १३ रामनवमी अभिजित मुहूर्तमा प्रधानमन्त्रीको सपथ ग्रहण गरेका प्रधानमन्त्री बालेन्द्र शाह प्रति नेपाली जनताले काठमाण्डौका मेयर हुँदै देखी “ केही गर्न सक्ने सक्षम “ व्यक्तिमा राखेका थिए । उनको ड्रेसअप र उनको हिडाइ ले सम्मोहित गरेको थियो ! उनको जीवनशौली यो भन्दा पूर्वका प्रधानमन्त्रीको भन्दा अलग थियो !
बालेनको काम गर्ने तौर तरिका

उनको द्रुत हिडाइ जस्तै काम गर्ने शैली पनि त्यतिकै द्रुत देखिदै छ ! उन्ले प्रधानमन्त्री भएपछि १०० कार्यसूची ल्याउँदै टाइम लाइन सेवा जारी गरे !!उ जति छिटो छिटो हिड्छन् त्यति छिटो छिटो काम गर्दै छन ! यही क्रममा कार्की आयोगको प्रतिवेदन लागू गर्दै तत्कालीन प्रधानमन्त्री के पी ओली र रमेश लेखक पक्राउ पनि भए! यो करवाही पनि अत्यन्त शीघ्रता पूर्वक गरे ! जति शिघ्र पक्राउ भए त्यतिनै शिघ्र सडकमा विरोध पनि हुदैछ ! केही कानुन विद् र राजनीतिक दलहरूले यो शिघ्रतामा विधि प्रक्रिया नपुगेको ठहर गर्दै विज्ञप्ति समेत निकालेर सरकार को विरोध समेत गरेका छन !
काठमाण्डौका मेयर छदा वान मेन डिसिजिनको अभ्यास शैली अपनाएका प्रधानमन्त्रीले सरकार वन्नु भन्दा पूर्व आफ्नो पाटी सभापतिलाइ तपाइ पाटि चलाउनुस म सरकार चलाउछु भन्नु यही वान मेन डिसिजनकै परिकल्पना हुन सक्छ!
बालेन सरकारलाइ केही गरेर देखाउने ढृठ इच्छा छ ! उच्च मनोवलका साथ प्रस्तुत भइरहेका छन !
प्रतिपक्षको भुमिका अत्यन्त कमजोर रहेको वर्तमान संसदमा उनको त्यो दृढ इच्छा र उच्च मनोवलले उनलाइ अधिनायकवाद तानाशाही नवनाओस ! संसदमा प्रतिपक्ष कमजोर भएपनि अन्यदलहरुको उपस्थिति न्युन रहे पनि उनले लोकतन्त्रमा संसद को गरिमा र महत्व प्रतिपक्ष र सरकार दुवैको उत्तिक्कै उत्तरदायित्व रहन्छ भन्ने सोच्नु पर्छ !
प्रधानमन्त्री बालेनलाइ काम गर्न कति सहज
झण्डै दुई तिहाई को सरकारलाइ काम गर्न अत्यन्तै सहज र सुविधा युक्त छ कहि कतैबाट तत्काललाइ विघ्न वाधा पर्ने देखिन्दैन ! अन्य राजनीतिक दलहरुसंग पनि सौह्रार्द र अनुकुल वातावरण वनाउन सक्नु पनि उनको क्षमता र सिप भित्र पर्छ!अहिले नेकपा एमाले ले प्रतिशोधको राजनीति भयो भन्दै सडकमा नारा र जुलुस लिएर सरकारको विरोध गरिरहेको छ ! भोलि का दिन मा अन्य दलहरु पनि क्रमश:सडकमा आउने वातवरण नवाउन सक्नु नै नेतृत्व को कुशलतामा निर्भर गर्छ!कथंकदाचित अहिले भएको सडक आन्दोलनमा क्रमश अन्यदलहरु पनि आउने वातावरण वन्यो भने सिंगै राष्ट्र आमुल जनता नै प्रतिपक्षमा रहन सक्छन त्यतिखेरको जनवल आंकलन गर्दै वालेन सरकार सुझबुजले अगाडी बडनु उनको सफलता देखिन्छ!
जनवल जनआधार यौटौ पाटी यौटै सरकारसंग सधै स्थिर हुदैन विगतका इतिहासले यस्तै विश्वभरी देखाएको छ! नेपालमा पनि परिवर्तनशिल छ ! त्यही परिवर्तनले अहिले जनवल र जनआधार प्राप्त गरेर रास्वपा को दल अग्रणी हुदै सरकार निर्माण गर्न पुगेको छ।
जनआधार जनबल को संग कति खेर हुन्छ त्यस्को मापदणड सरकारको काम गर्ने तोर तरिका र जनताको सरोकारका विसय र सरकार प्रति विस्वसनियता रहुन्जेल सम्म हो ! त्यो विसयमा उच्च सतर्कता र चनाखो रहन सरकार र दल दुवैले अनिवार्य हुनु पर्ने देखिन्छ !


