

काठमाडौं – राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा (एमाले) सांसद लीलाकुमारी भण्डारीले उमेदवारी दिएकी छन् ।

रिक्त उपाध्यक्ष पदमा आइतबार(चैत २२) भण्डारीले उमेदवारी दिएकी हुन् ।
राष्ट्रियसभामा दलहरूबीच उपाध्यक्ष एमालेलाई दिने र संसदीय सभापति पद अरू दलले बाँड्ने सहमति भएको थियो । सोहीअनसार, उनले उमेदवारी दिएकी हुन् ।

उमेदवारी मनोनयनका लागि संसद सचिवालयले दिउँसो २ः३० देखि ३ः३० सम्मको समय तोकेको थियो ।
Views: 14


