

काठमाडौं – कलाकार सागर लम्साल ‘बले’ लाई हत्कडी लगाएर सरकारी वकिलको कार्यालयमा बयानको लागि लगिएको छ । बलात्कारको आरोपमा पक्राउ परेका उनलाई अदालतमा म्याद थप्नुअघि सरकारी वकिलको कार्यालयमा लगिएको हो ।

थुनुवाको हरियो पोशाक र कपाल खौरिएको लुक्समा उनी देखिएका छन् ।
अमेरिकाबाट एकजना युवतीले लेखेको फेसबुक स्टाटसको आधारमा बलेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले आजै उनलाई म्याद थपको लागि काठमाडौं जिल्ला अदालतमा पेश गर्दैछ ।

Views: 65


