Aamsanchar

पूर्वमन्त्री दीपक खड्कामाथि अनुसन्धान गर्न सात दिन म्याद थप

Author Image
आइतवार, चैत २२, २०८२

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्कामाथि अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई सात दिनको म्याद दिको छ ।

चैत १५ गते पक्राउ परेका उनलाई आइतबार दोस्रोपटक म्याद थप गरिएको हो। उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान भइरहेको छ। यसअघि काठमाडौं जिल्ला अदालतले ७ हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्कालाई भदौ २४ गतेको जेनजी आन्दोलनको उनको घरमा बरामद भएको रकमको अनुसन्धान गर्न नियन्त्रणमा लिइएको हो।

खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ।

 

Views: 30

प्रतिक्रिया (०)

सम्बन्धित खबर