

काठमाडौं – नेकपा (एमाले)की सांसद विष्णुमाया विकले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई बिनासर्त रिहा गर्न माग गरेकी छिन् ।

सोमबार (चैत २२)प्रतिनिधिमामा बोल्दै विकले ओली–लेखक भाग्ने र प्रमाण नष्ट हुने सम्भावना नरहेको भन्दै रिहाइको माग गरेकी हुन ।
“हाम्रा अध्यक्ष केपी शर्मा ओली र रमेश लेकखलाई गिरफ्तार गरिएको छ । उहाँहरू भाग्ने र प्रमाण नष्ट गर्ने सम्भावना छैन । सरकारमा पनि हुनुहुन्न । ठुलो दुर्घटना भएको छ देशमा । उहाँहरूलाई बिनासर्त रिहा गरियोस्,” उनले भनिन् ।

Views: 40


