

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद निशा डाँगीले दलहरूबीच प्रतिस्पर्धा भए पनि द्वन्द्व हुन नहुने बताएकी छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । ‘हामी यहाँ शासन होइन, सेवा गर्न आएका छौँ भन्ने भावनाले हरेक कदमलाई मार्गनिर्देश गर्नुपर्नेछ । विचारमा भिन्नता स्वाभाविक हो,’ उनले भनिन्, ‘राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ । प्रतिस्पर्धा रहोस्, तर द्वन्द्व होइन ।’
Views: 17


