Aamsanchar

उपराष्ट्रपति यादव मनमोहन कार्डियोथोरासिक सेन्टरमा भर्ना

Author Image
मङ्गलवार, चैत २४, २०८२

काठमाडौँ – स्वास्थ्यमा अचानक समस्या आएपछि उपराष्ट्रपति महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका छन्।

गएराति रक्तचाप (प्रेसर) बढेर छातीमा असहज भएपछि मनमोहन सेन्टर पुर्‍याइएका यादवलाई चिकित्सकले भर्ना नै गरेर उपचार शुरु गरेएको सेन्टरका निर्देशकसमेत रहेका मुटुरोग विशेषज्ञ डा.रत्नमणि गजुरेलले बताए।

´राति एक्कासी प्रेसर बढेर असहज भएपछि उहाँ आउनु भएको हो। हामीले अहिले भर्ना गरेर उपचार गरिरहेका छौँ।हालको अवस्था सुधारमुख छ केही रिपोर्टहरू आउन बाँकी छु, डा गजुरेलले भने ।

Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर