

काठमाडौं – मन्त्रिपरिषदको मर्यादाक्रम हेरफेर गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मर्यादाक्रम हेरफेर गरेका हुन्।

नयाँ मर्यादाक्रममा गृहमन्त्री सुधन गुरुङ पाँचौं नम्बरमा पुगेका छन्। उनी यसअघि तेस्रो मर्यादाक्रममा थिए।
दोस्रो मर्यादाक्रममा अर्थमन्त्री स्वर्णिम वाग्ले यथावत रहँदा तेस्रोमा परराष्ट्र मन्त्री शिशिर खनाल, चौथोमा उर्जामन्त्री विराजभक्त श्रेष्ठ रहेका छन्।

पहिला अन्तिम मर्यादाक्रममा रहेकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादी आठौं मर्यादाक्रममा उक्लिएकी छिन्।
अहिले अन्तिम अर्थात् १५ औं मर्यादाक्रममा श्रम मन्त्री दीपककुमार साह छन्। आठौं मर्यादाक्रममा रहेका सरकारका प्रवक्तासमेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेल पनि ११ औं नम्बरमा पुगेका छन्।
Views: 170


