Aamsanchar

एनआरएनए माल्टाको अध्यक्षमा रोशन गिरी चयन

Author Image
मङ्गलवार, चैत २४, २०८२

काठमाडौँ –  गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाको नयाँ कार्यसमिति चयन भएको छ। परिषद्को आगामी कार्यकालका लागि रोशन गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो।

नयाँ कार्यसमितिमानिरज श्रेष्ठ, ललित पाण्डे, विजय परियार, हरिप्रसाद पौडेल, राजु विश्वकर्मा, ध्रुवप्रसाद पाण्डे र अम्बर बहादुर रावत चयन भएका छन्। त्यस्तै युवा उपाध्यक्षमा श्यामकुमार बस्नेत (अंश) छन्। यस्तै महिला उपाध्यक्षमा धुनु तामाङ निर्वाचित भएका छिन्।

महासचिवमा बिरोजंग पाण्डे, उपमहासचिवमा किरण बुढाथोकी र समुन्द्र भट्टराई चयन भएका छन्। यस्तै सचिवमा भरत अर्याल, रविन्द्र तामाङ, लिलबहादुर विष्ट ९अम्बर०, रेशमबहादुर विक, निरज श्रेष्ठ र एस बी गुरुङ छन्। यस्तै कोषाध्यक्षमा दामोदर लामिछाने, महिला सचिवमा रीना कार्की, सहकोषाध्यक्षमा हेमा तामाङ छन्। यस्तै महिला संयोजकमा नैना गुरुङ र युवा संयोजकमा रोशन तिवारी चयन

संस्थाको कार्यसमिति सदस्यहरूमा सुभाष लामिछाने, प्रकाश बान्तवा राई, दर्शन लिम्बू, दिनेश ढोली नेपाली, शुष्मा कार्की र दीर्घ सिंह गुरुङ रहेका छन्।

यसका साथै, आईसीसी सदस्यका रूपमा शंकर पोख्रेल र मधु गुरुङले प्रतिनिधित्व गर्नेछन्। नयाँ कार्यसमितिले माल्टामा रहेका नेपाली समुदायको हकहित, एकता र समस्या समाधानमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ।

Views: 15

प्रतिक्रिया (०)

सम्बन्धित खबर