Aamsanchar

कच्चा तेलको मूल्यमा ठूलो गिरावट

Author Image
बुधवार, चैत २५, २०८२

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको सम्भावित ठूलो आक्रमणलाई दुई हप्ताका लागि रोक्ने निर्णय गरे । सो निर्णयको प्रभाव विश्वव्यापी बजारमा तत्कालै देखिएको छ । यसले कच्चा तेलको मूल्यमा ठूलो गिरावट आएको छ ।

अमेरिकी कच्चा तेलको मूल्य १८ प्रतिशतले घटेर करिब ९२।६० डलर प्रतिब्यारेलमा झरेको छ । ब्रेन्ट क्रुड ६ प्रतिशतले घटेर करिब १०३।४० डलर प्रतिब्यारेल पुगेको छ । यद्यपि, यी मूल्यहरू अझै पनि युद्ध सुरु हुनुभन्दा अघिको स्तरभन्दा बढी नै छन् ।

यसैबीच, अमेरिकी सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ, जसले लगानीकर्ताहरूमा आत्मविश्वास बढाएको बताइएको छ । सैन्य तनाव कम हुँदै गएमा आर्थिक अवस्था स्थिर हुन सक्ने बजारको अपेक्षा छ ।

यसअघि ट्रम्पले एक ठूलो घोषणा गर्दै इरानमाथि हुने भनिएको सम्भावित बमबारीलाई दुई हप्ताका लागि स्थगित गरिएको बताएका छन् । उनले यो ‘दुवै पक्षबाट लागु हुने युद्धविराम’ हुने स्पष्ट पारेका छन् । यसको अर्थ यो अवधिमा अमेरिका र इरानले कुनै आक्रामक कदम नचाल्ने बताइएको छ ।

Views: 7

प्रतिक्रिया (०)

सम्बन्धित खबर