Aamsanchar

भोजपुरमा २४ वर्षीय युवकको हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

Author Image
बुधवार, चैत २५, २०८२

भोजपुर –  भोजपुर, षडानन्द नगरपालिका–१३ बस्ने २४ वर्षीय सम्मरबहादुर तामाङको हत्या घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । बुधबार विहान पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१४ बेखम्चा बस्ने २१ वर्षीय सुनिल राई, ४४ वर्षीय चन्द्र कुमार राई, २७ वर्षीय सुरज राई र २६ वर्षीय राजेश दर्जी रहेका छन् ।

उनीहरूले कुटपिट गर्दा तामाङको मंगलबार राति घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बोयाँबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर