Aamsanchar

जनतालाई सुसूचित गराउने निजी मिडियालाई दिने विज्ञापन रोक्नु जायज छैन : सांसद नरेन्द्रकुमार केरुङ

Author Image
बुधवार, चैत २५, २०८२

काठमाडौँ-  नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय रोक्न माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद केरुङले सरकारको सरकारी विज्ञापन नदिने निर्णय रोक्न पनि माग गरे ।

नयाँ सरकार आउने बित्तिकै जनतालाई सुसूचित गराउने निजी मिडियालाई दिने विज्ञापन रोक्नु जायज नभएको उनको भनाइ छ ।

 

Views: 36

प्रतिक्रिया (०)

सम्बन्धित खबर