Aamsanchar

मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मातृशोक

Author Image
बिहिवार, चैत २६, २०८२

 झापा- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मातृशोक परेको छ । मुख्यमन्त्री कार्कीकी ९१ वर्षीय आमा जानुकादेवी कार्कीको गएराति निधन भएको हो । झापा गौरदह नगरपालिकास्थित निवासमै उहाँको निधन भएको हो ।

एक महिना अगाडि लढेर खुट्टा भाँचिएपछि उहाँ बिरामी पर्नुभएको थियो । विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा खुट्टाको शल्यक्रिया गरिएको थियो र उहाँमा थप स्वास्थ्य समस्या बढ्दै गएकोले केही दिनअघि घर लगिएको थियो ।

स्वर्गीय कार्कीको दुई छोरा हुनुहुन्छ। मुख्यमन्त्री कार्कीका दाजु दीपक कार्की नेकपा एमालेका केन्द्रीय सदस्य एवं संविधान सभा सदस्यसमेत हुनुहुन्छ । उहाँका पाँच जना छोरीहरु हुनुहुन्छ । मुख्यमन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफ्नी आमालाई बचाउन नसकेको उल्लेख गर्नुभएको छ ।

Views: 18

प्रतिक्रिया (०)