

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनमा श्रम संस्कृति पार्टीका उम्मेदवार रूबीकुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको संसदीय दलको बैठकले यो निर्णय गरेको रास्वपाका प्रवक्ता मनिष झाले जनाएका छन्। उपसभामुखको निर्वाचन शुक्रबार अपराह्न ४ बजे हुँदैछ । उपसभामुखमा श्रम संस्कृतिकी ठाकुर र राप्रपाकी सरस्वती लामाबीच प्रतिस्पर्धा हुँदैछ ।
Views: 30


