Aamsanchar

कतारका अमिरले तीन नेपाली नागरिकलाई आममाफी दिए

Author Image
शुक्रवार, चैत २७, २०८२

काठमाडौं – कतारका अमिर शेख तमिम विन हमाद अल थानीले तीन नेपाली नागरिकलाई आममाफी दिएका छन् । विभिन्न अपराधमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका उनीहरूलाई आममाफी दिइएको हो ।

शुक्रबार (चैत २७) सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयले यसबारे जानकारी गराएको छ । “कतारमा तीनजना नेपालीलाई आममाफी दिइएको छ । कतारका कमिर शेख तमिम विन हमाद अल थानीले पवित्र महिना रमदानको अवसर पारेर तीनजना नेपाली नागरिकलाई आममाफी दिनुभएको छ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने ।

कतारको आवश्यक प्रक्रिया पूरा भएपछि उनीहरू नेपाल फर्कने प्रवक्ता क्षेत्रीले बताए । नेपाल र कतारबीच घनिष्ट सम्बन्ध रहिआएको उनले स्मरण पनि गरे ।

Views: 13

प्रतिक्रिया (०)