Aamsanchar

काठमाडौँ विश्वकै वायु प्रदूषण शहरको पहिलो स्थानमा

Author Image
शुक्रवार, वैशाख ११, २०८३

काठमाडौं :  काठमाडौँ विश्वकै वायु प्रदूषण शहरको पहिलो स्थानमा परेको छ।

बिहान ११ :४५ बजे काठमाडौँको वायुको गुणस्तर मापदण्ड अर्थात् एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २२३ रहेको। जनस्वास्थ्यका निम्ति यो ‘अति अस्वस्थकर’ वायु मानिन्छ।

त्यस्तै पहिलो सूचीमा नेपाल रहेको समयमा दोस्रोमा भारतको राजधानी नयाँ दिल्ली रहेको छ। एक्युआइका अनुसार हाल दिल्लीको एक्युआइ १६२ रहेको छ।

दिल्ली पछि पाकिस्तानको लाहोर विश्वकै प्रदुषित शहरको तेस्रो स्थानमा रहेको छ लाहोरको एक्यूआई १५८ रहेको छ।

एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति निकै घातक हुने गर्छ। एयर क्वालिटी इन्डेक्स (एक्यूआई)का अनुसार मङ्गलबार दिउँसो करिब ९२ को हाराहारीमा रहेको वायु गुणस्तर सूचकाङ्क शुक्रबार एकै पटक बढेर २२३ पुगेको हो।

एक्युआईको मापदण्डअनुसार ०-५० सम्म ‘राम्रो’, ५१-१०० ‘मध्यम’, १०१-१५० ‘अस्वस्थ’, १५१-२०० ‘सबैका लागि अस्वस्थ’, २०१-३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ।

विशेषगरी वायु प्रदूषणको असर बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटु रोगीलाई पर्ने जनाइएको छ। त्यावश्यकबाहेक बाहिर ननिस्कन, मास्क प्रयोग गर्न र धुलो–धुवाँबाट जोगिन सुझाइएको छ।

Views: 24

प्रतिक्रिया (०)

सम्बन्धित खबर