Aamsanchar

विद्यार्थीलाई यातायातमा ४५ प्रतिशत छुट पूर्ण कार्यान्वयनको माग गर्दै ध्यानाकर्षण पत्र

Author Image
शुक्रवार, वैशाख ११, २०८३

हेटौंडा – मकवानपुरमा विद्यार्थीहरुले सार्वजनिक यातायातमा पाउँदै आएको ४५ प्रतिशत छुट पूर्ण रूपमा कार्यान्वयनको मागसहित प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

शुक्रबार विहान हेटौंडा क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का कार्यबाहक अध्यक्ष भरतमोहन देवकोटाको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । ध्यानाकर्षण पत्रमा नेपाल सरकारद्वारा व्यवस्था गरिएको सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई ४५ प्रतिशत छुट प्रदान गर्ने नीति व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख गरिएको स्ववियु सदस्य नितेश भण्डारीले बताए ।

यस्तै जिल्लाभित्र सञ्चालनमा रहेका कतिपय सार्वजनिक सवारी साधनहरूले उक्त छुट नदिने, मनोमानी भाडा असुल गर्ने तथा विद्यार्थीहरुमाथि दुव्र्यवहार गर्ने जस्ता गुनासाहरु आईरहेकाले त्यस समस्याको समाधानका लागि आग्रह गरिएको छ । साथै सार्वजनिक यातायातका साधनहरूले नेपाल सरकारको नीतिअनुसार विद्यार्थीलाई प्रदान गरिने ४५ प्रतिशत छुटलाई अनिवार्य र प्रभावकारी रूपमा कार्यान्वयन गराउन आवश्यक अनुगमन, निर्देशन तथा कारबाही प्रक्रिया अघि बढाइदिन आग्रह गरिएको छ ।

 

उक्त विषयमा समयमै आवश्यक कदम चालिएन भने, विद्यार्थीहरुको हकहितको संरक्षणका लागि स्ववियु हेटौंडा क्याम्पस थप सशक्त आन्दोलनका कार्यक्रमहरु अघि बढाउन बाध्य हुने व्यहोरा समेत ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

Views: 10

प्रतिक्रिया (०)

सम्बन्धित खबर