Aamsanchar

जिएसटीले अन्योलमा ब्यवसायी/भन्सारमा राजश्व घट्यो

Author Image
बुधवार, साउन ११, २०७४

नरेन्द्र ढकाल/झापा,


भारतले लागू गरेको नयाँ कर प्राणालीका विषयमा झापाका ब्यवसायीहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । केही ब्यवसायीले ब्यपार ब्यवसायमा कुनै असर नगरेको बताएका छन् । उनीहरुले इमान्दार कारोबार गर्ने ब्यवसायीलाई यसले फाइदा पुगेको उल्लेख गरे । तर केही ब्यवसायीहरुले भने भारतको नयाँ कर प्राणालीले नेपालमा मुल्य वृद्धि हुने भन्दै चिन्ता ब्यक्त गरेका छन् ।
भारतले वस्तु तथा सेवा कर (जिएसटी) लागू गरेपछि नेपालमा प्रभाव मिश्रित रुपमा देखा परेको नेपाली ब्यवसायीहरुले बताएका छन् । भारतले लागू गरेको कर प्रणालीले साना ब्यवसायीलाई केही असहज भएपनि ठूला ब्यवसायीलाई भने कुनै असर नगर्ने झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरुले बताएका छन् ।
उनले भने–भारतको कर प्रणालीले लागू गरेपछि साना ब्यवसायीलाई केही अप्ठ्यारो परेको गुनासो आएपनि ठूला ब्यवसायीलाई यसले फाइदा पुगेको छ । कर छलेर ब्यवसाय गर्नेहरुलाई भने यसले असर गर्न सक्छ तर इमान्दर ब्यवसाय गर्नेलाई भने भारतको कर प्रणालीले केही असर गर्दैन् ।
भारतमा लागेको जिएसटी राम्रो या नराम्रो भन्न नमल्निे मेची उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विजय डालमियाले बताए । उनले भने भारतले आफ्नो देशमा कानुन बनाउन र लागु गर्न पाउँछ हामीले भयो या भएन् भन्ने अधिकार छैन् ।
उनले इमान्दार रुपमा ब्यवसाय गर्नेहरुलाई भारतको नयाँ कर प्रणालीले असर नगर्ने दाबी समेत गरेका छन् । उता कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणी पोख्रेलले भने भारतको नयाँ कर प्राणालीले नेपालमा मुल्यवृद्धि हुने भन्दै चिन्ता ब्यक्त गरेका छन् । अधिकांश वस्तुमा नेपालीहरु भरतकै भरमा पर्नुपर्ने भएकाले पनि समिवार्ती हामी झापालीले त्यसको मार खेप्नुपर्ने उनको भनाई छ ।
भारतलेले आफ्नो देशमा अन्तरिक कर लागू गरेपनि नेपाललाई भने छुट दिने विषयमा माथिल्लो निकायले पहल गर्नुपर्ने बताए । भारतले भर्खरै मात्रै नयाँ कर प्राणाली लागस् गरेकाले त्यसको प्रारम्भिक असर देखा पर्न थालेको पोख्रेलले बताए । उनले भारतले भन्सार तथा वैदेशिक कर लागस् गरेपनि नयाँ कर प्रणाली जिएसटीमा भने नेपाललाई छुट दिनुपर्ने विचार ब्यक्त गरे ।
यसैबीच पूर्व अध्यक्ष डालमियाले राष्ट्र बैंकको कमजोरीका कारण धेरै नेपालली भारतले प्रतिबन्ध लगाएको भारतीय रुपैंया पाँच सय र हजार दरको नोटले दुःख पाएको बताए । हरेक नेपाललीलाई २५ हजार रुपैंया सम्म भारतीय रुपैंया बोक्न पाउने अधिकार दिने तर बजारमा कती रकम छ भन्ने हेक्का नराखि भारतलाई जवाफ पडाउने काम गरेरले त्यसको असर नेपालीले ब्यर्होनु परेको उनको भनाई छ । उनले भारतीय रुपैंया सटहीको ब्यवस्था मिलाउन राष्ट्र बैंकले चासो दिएर भारतीय बैंकसंग कुरा गर्नुपर्ने धारणा ब्यक्त गरे ।

यता भारतले लागू गरेको नयाँ कर प्रणालीको असर भन्सार कार्यालयहरुमा देखा पर्न थालेको छ । भारतले सबै करलाई एकीकृत गर्ने व्यवस्था लागू गरेपछि भारतबाट सामान कम मात्रामा आउँदा मेची भन्सार कार्यालयमा राजस्व कमी भएको हो । भारतले आफ्नो देशमा लागू गरेको कानुनले नेपालका सबै भन्सार कार्यालयहरु प्रभावित भएका छन् ।
दैनिक लाखौं रुपैंया राजस्व संकलन हुने मेची भन्सार कार्यालयमा अहिले त्यसका आधा मात्र राजश्व संकलन भइरहेको मेची भन्सार कार्यालयका प्रमुख भीमप्रसाद अधिकारीले जानकारी दिए । भारतले जुलाइ १ तारिख देखि वस्तु तथा सेवा कर अर्थात गुड्स एण्ड सर्भिस ट्याक्स (जिएसटी) कार्यान्वयनमा ल्याएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जिएसटीले राज्य अनुसारको फरक करलाई धेरै मात्रामा हटाएर भारतको आर्थिक एकीकरण गर्ने दावी गर्दै संसद्मा आयोजित विशेष कार्यक्रममार्फत भारतमा जिएसटी लागू भएको घोषणा गरेका थिए ।
कालो धन नियन्त्रणमा जिएसटी सहयोगी हुने तर इमान्दार तरिकाले व्यवसाय गर्नेलाई असर नपर्ने भारतीय नेताहरुले बताएका थिए । जीएसटीमा विभिन्न समूहमा गरी ४ तहमा कर निर्धारण गरिएको छ । पहिलो तहमा ५ प्रतिशत, दोश्रोमा १२ प्रतिशत, तेश्रोमा १८ प्रतिशत र चौथोमा २८ प्रतिशत सम्म कर लाग्ने गरी चार तहमा कर निर्धारण गरिएको हो ।
अहिलेसम्म एउटै सेवा वा वस्तुमा भारतको केन्द्र सरकार र राज्य सरकारले २० भन्दा बढी शीर्षकमा कर असुलिरहेका थिए । तर, अब सेवा कर, केन्द्रीय बिक्री कर, राज्य बिक्री कर र भ्याट खारेज भएका छन् । कृषि उत्पादन लगायतमा सामान्य नागरिकले उपभोग गर्ने उपभोग्य वस्तुलाई ५ प्रतिशतसम्म कर लाग्नेछ । त्यस्तै बढी उपभोग हुने उपभोग्य वस्तुुहरूमा १२ प्रतिशतसम्म कर लाग्नेछ । त्यस्तै विद्युतीय समाग्रीहरू लगायतका अन्य वस्तुहरूमा १८ प्रतिशत कर लाग्ने छ ।
भारतले निर्यात गर्ने वस्तुमा जिएसटी लगाउने छैन । तर, भारतीय बजारमा किनमेल गर्न जाँदा नेपाली उपभोक्तालाई महँगो पर्ने परेकाले केही मात्रामा असर परेको उनीहरुको बुझाई छ । जिएसटीले नेपालमा नै सस्तो सामान पाउने र नेपाली उपभोक्ता भारतीय बजार पानीट्याङ्की, शिलिगुडी आउन छाड्ने भन्दै भारतीय व्यापारीहरू चिन्तित छन् । पानी ट्याङ्कीमा ८० प्रतिशत ग्राहक नेपालबाटै जाने गर्दछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर