

काठमाडौं : बितेका २४ घण्टामा दुई हजार २१८ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा रु छ लाख ४१ हजार राजस्व दाखिला भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ८६, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७०, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १४८ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १३९ जनालाई कारबाही गरिएको हो।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ९४, निषेधित क्षेत्रमा हर्न बजाउने १०८, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १३८, एकतर्फी सडकमा सवारी चलाउने ११० र अन्य सवारी नियम पालना नगरेका एक हजार हजार १२५ जनालाई कारबाही गरिएको हो।


Views: 19


