

सिन्धुलीमाढी – मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका–१, राँगेमा बिहीबार बिहान जन्ती बोकेको डबलक्याप बलेरो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
मधेश प्रदेश ०३–००१ च.८२०२ नम्बरको डबलक्याप बलेरो उक्त ठाँउमा अनियन्त्रित भई दुर्घटना हुँदा पाँच जना जन्ती घाइते भएका छन् ।
घाइते मध्ये एक जना गम्भिर र अन्य चार जनाको अवस्था सामान्य रहेको छ ।सिन्धुलीको फिक्कल गाँउपालिका–१, जलजलेबाट उदयपुरको गाईघाट रातमाटे भन्ने ठाँउमा १० जना जन्ती सहित बेहुला लिएर जाँदै गरेको बलेरो सो ठाँउमा दुर्घट्ना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटना बेहुला हेमबहादुर विक सकुशल हुनुहुन्छ ।

दुर्घटनामा गम्भिर चोट लागेका योगबहादुर खत्रीलाई उपचारका लागि सिन्धुली अस्पताल पठाइएको छ । अन्य चार जनाको दुधौली नगर अस्पताल सिर्थौलीमा उपचार भई रहेको स्थानीय बासिन्दा तथा वडा नं। १ का सचिव हेरम्बराज अधिकारीले जानकारी दिनुभयो ।
सामान्य घाइतेहरूमा श्याम विक, लालबहादुर विक, साने विक लगायतका हुनुहुन्छ ।



