

इलाम – इलामको सन्दकपुर पर्यटकीय क्षेत्रमा मानव कंकाल फेला परेको छ ।
सन्दकपुर गाउँपालिका–२ माइमझुवास्थित छिन्तापुदेखि केही तल तालपोखरी जंगलमा बुधबार गाईगोरू चराउन जानेहरूले सो शव देखेका थिए ।
उनीहरूले गरेको खबरका आधारमा बिहीबार सो स्थानमा प्रहरीसहितको टोली पुगेको थियो ।

घटनास्थलमा पुगेका यातायात व्यवसायी पप्पु शिवाले शवको टाउको र खुट्टामा मात्र मासुको भाग बाँकी रहेको अवस्था रहेको बताए । उनले भने, ‘टाउको र खुट्टामा मात्र मासु बाँकी छ, बाँकी सब हाडखोर मात्र छ ।’
फेला परेको शवको सन्दर्भमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डीएसपी लक्ष्मी भण्डारीले बताए ।
शवको शरिरबाट नाम थर उल्लेख भएको एनएमबी बैंकको चेकबुक पनि फेला परेको छ ।

Views: 20


