Aamsanchar

वर्षासँगै परेको चट्याङ लागेर ७० वर्षीय बुढाथोकीको मृत्यु

Author Image
आइतवार, वैशाख २७, २०८३

सिन्धुलीमाढी – दुधौली नगरपालिका–४ पाखाभित्तामा अविरल वर्षासँगै परेको चट्याङ लागेर ७० वर्षीय पूर्णबहादुर बुढाथोकीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार शनिबार बेलुका घरनजिकैको मकैबारीमा घाँस काट्न जानुभएका बुढाथोकी अबेरसम्म घर नफर्किएपछि आफन्तले खोजतलास गरेका थिए । खोजीका क्रममा उहाँ राति १० बजेतिर अचेत अवस्थामा ढलेको अवस्थामा फेला पर्नुभएको थियो ।

स्थानीयवासीले तत्काल इलाका प्रहरी कार्यालय डकाहामा खबर गरी घाइते बुढाथोकीलाई उपचारका लागि दुधौली नगर अस्पताल सिर्थौली पुर्‍याएका थिए । राति १०ः५० बजे चिकित्सकले उहाँलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

Views: 15

प्रतिक्रिया (०)

सम्बन्धित खबर