Aamsanchar

एसईईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी पूरा

Author Image
आइतवार, वैशाख २७, २०८३

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी पूरा गरेको छ।

नतिजा प्रकाशनसँगै परीक्षार्थीहरूले सहज रूपमा आफ्नो प्राप्तांक थाहा पाउन सकून् भन्ने उद्देश्यले बोर्डले विभिन्न आधिकारिक माध्यमहरूको सूची समेत सार्वजनिक गरेको छ।

बोर्डका अनुसार यस वर्षको नियमित तथा ग्रेडवृद्धि दुवै परीक्षाको नतिजा एसएमएस , आईभीआर  र विभिन्न वेबसाइटहरू मार्फत हेर्न सकिने व्यवस्था मिलाइएको छ। प्रविधिको प्रयोग गर्दै परीक्षार्थीहरूले घरमै बसेर आफ्नो नतिजा र मार्कसिट प्राप्त गर्न सक्नेछन्।

Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर