Aamsanchar

राष्ट्रपतिले संसदमा बोल्दै गर्दा अर्थमन्त्री निदाएकै हुन् ? यस्तो दिए स्पष्टीकरण

Author Image
मङ्गलवार, वैशाख २९, २०८३

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सामाजिक सञ्जालमा अर्थमन्त्री संसद्‌मा निदाएको’ भन्दै भाइरल भएको विषयबारे स्पष्टीकरण दिएका छन् ।

अर्थ समितिको मंगलबारको बैठकमा अर्थमन्त्री वाग्लेले ‘जे देखिन्छ, त्यो यथार्थ नहुन पनि सक्छ’ भन्ने चेत राख्न सासंदहरूसँग आग्रह गरे ।

‘अर्जेन्ट म्यासेजहरू आइरहेको थियो, (फोन उचाल्दै) माथि राष्ट्रपतिको अगाडि फोन यसरी हेर्न शोभनीय नहुने भएर (फोन तल राख्दै) टेबुलमुनि राखेर म्यासेजहरू हेरिरहेको थिएँ, अर्थमन्त्री निदायो भनेर दसौं लाखलाई रमिता भएको छ आज,’ उनले भने, ‘त्यसैले जे देखिन्छ, त्यो सही नहुन पनि सक्छ, एकदम दूरगामी निष्कर्षमा पुगिनहाल्नु होला ।’

 

Views: 36

प्रतिक्रिया (०)

सम्बन्धित खबर