Aamsanchar

प्रेम शंकाको त्रासदी : घाँटी थिचेर हत्या, पछि आफैं उजुरी गर्न पुगे पति

Author Image
शुक्रवार, जेठ १, २०८३

भारत – ‘शंकाले लङ्का जलाउँछ’ भन्ने उखान नेपाली समाजमा धेरै प्रयोग हुन्छ । अनावश्यक शंकाले परिवारलाई मात्र भताभुङ्ग भएका बनाउँदैन आपराधिक घटनाहरु समेत सिर्जना गराउँछन् । भारत उत्तर प्रदेशको लखनऊमा यस्तै एक हृदयविदारक घटना घटेको छ ।

बुधबार राति प्रेम सम्बन्धको शंकामा पतिले आफ्नी श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन् । त्यसपछि उनले शव ई–रिक्शामा राखेर इन्दिरा नहर किनारको झाडीमा फालेर घर फर्किएर सुतिसकेका थिए । यतिसम्म कि भोलिपल्ट उनले हराएको भन्दै थानामा उजुरी दर्ता गराउन पनि पुगे । तर प्रहरीको सोधपुछमा उनमाथि शंका जाग्यो । कडाइका साथ सोधपुछ गर्दा उनले सबै कुरा स्वीकार गरे । अहिले प्रहरीले उनलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाइरहेको छ ।

यो घटना चिनहट क्षेत्रको हो । बाराबंकीको रुदौली शफीनगरका मूल निवासी अल्ताफ उर्फ कल्लु आफ्नी ३० वर्षीया श्रीमती यास्मीन र दुई बच्चासँग रामलीला मैदान नजिकै बस्दै आएका थिए । उनी एक निजी कम्पनीमा काम गर्थे । बुधबार राति बाहिरी प्रेम सम्बन्धको आशंकामा श्रीमान–श्रीमतीबीच विवाद भयो । सोही क्रममा उनले यास्मीनको घाँटी थिचेर हत्या गरे । त्यसपछि उनले शवलाई बोरा (झोला जस्तो सामग्री) मा राखे र ई–रिक्शामा हालेर बीबीडी क्षेत्रस्थित इन्दिरा नहर नजिक पु¥याए । त्यहाँ झाडीमा फालेर उनी घर फर्किए ।

 

घटनापछि बिहीबार उनी चिनहट थानामा श्रीमती हराएको भन्दै उजुरी गर्न पुगे । प्रहरीले सोधपुछ गर्दा उनी प्रश्न–उत्तरमा फस्न थाले । कडाइका साथ सोधपुछ गर्दा उनले सबै कुरा स्वीकार गरे र हत्या गरेको कबुल गरे । प्रहरीले उनलाई नियन्त्रणमा लिएर घटनास्थलबाट शव बरामद गर्यो। इन्स्पेक्टर दिनेश चन्द्र मिश्रका अनुसार आरोपितमाथि सोधपुछ जारी छ र शव पोस्टमार्टमका लागि पठाइएको छ । यास्मीनका परिवारले हालसम्म उजुरी दिएका छैनन् । उजुरी आएपछि मुद्दा दर्ता गरी कारबाही अघि बढाइनेछ ।

Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर