
भारत – अमेरिका–इरान युद्ध र होर्मुज स्ट्रिट लामो समयका लागि बन्द हुने सम्भावनाले भारतमा कच्चा तेल आपूर्तिमा ठूलो असर परेको छ । फेब्रुअरीको अन्त्यमा सुरु भएको यो द्वन्द्वपछि भारतको कच्चा तेल भण्डार करिब १५ प्रतिशतले घटेको बताइएको छ । कमोडिटी एनालिटिक्स फर्म केप्लरका अनुसार तेल आयात घटे पनि भारतीय रिफाइनरीहरूले सामान्य रूपमा काम गरिरहेका छन् । जसका कारण सुरक्षित भण्डार छिटो घटेको हो ।
रिफाइनरीहरूको कामकाजमा असर

विशेषज्ञहरूका अनुसार यदि आपूर्तिमा अवरोध लामो समयसम्म जारी रह्यो भने रिफाइनरीहरूले तेल प्रशोधन ९प्रोसेसिङ० घटाउन बाध्य हुन सक्छन् । यही संकटलाई ध्यानमा राख्दै प्रधानमन्त्री नरेन्द्र मोदीले हालै नागरिकहरूलाई इन्धन बचत गर्न अपिल गरेको बताइएको छ ।

केप्लरका रिफाइनिङ विश्लेषक निखिल दुबेका अनुसार पछिल्ला साढे दुई महिनामा भारतको कच्चा तेल आयात औसत ४।५ मिलियन ब्यारेल प्रतिदिन रहेको छ, जुन युद्ध सुरु हुनुअघि करिब ५ ब्यारेल प्रतिदिन थियो । अहिलेको कमी रिफाइनरीहरूले आफ्नै भण्डार प्रयोग गरेर पूरा गरिरहेका छन् । उनले होर्मुज स्ट्रिट छिट्टै खुल्ने सम्भावना कम छ र भारत सधैं भण्डारमा मात्र निर्भर रहन नसक्ने उनले चेतावनी दिएका छन् ।
तथ्याङ्कमा विवाद स् १८ दिन वा ६० दिनको भण्डार ?
केप्लरको रिपोर्ट अनुसार फेब्रुअरी अन्त्यमा भारतसँग १०७ मिलियन ब्यारेल कच्चा तेल भण्डार थियो, जुन अहिले घटेर ९१ मिलियन ब्यारेल पुगेको छ। यसमा रणनीतिक पेट्रोलियम भण्डार, रिफाइनरी र व्यावसायिक स्टोरेज सबै समावेश छन् । दैनिक ५ मिलियन ब्यारेल खपतको आधारमा यो भण्डार करिब १८ दिनका लागि मात्र पर्याप्त हुन्छ ।
तर सरकारले भने भारतसँग खपत अनुसार करिब ६० दिनको तेल भण्डार रहेको स्पष्ट पारेको छ । अधिकारीका अनुसार यो अनुमानमा पाइपलाइन स्टक र भारततर्फ आइरहेका तेल बोकेका जहाजहरू पनि समावेश छन् । अप्रिलमा गुजरातस्थित नायरा एनर्जीको चार लाख ब्यारेल प्रतिदिन क्षमताको रिफाइनरीमा मर्मत कार्य हुँदा भण्डारको खपत केही हदसम्म कम भएको बताइएको छ ।
होर्मुज स्ट्रिट बन्द हुँदा विश्वव्यापी असर
यो युद्धका कारण खाडी मुलुकहरूको तेल उत्पादन युद्ध–पूर्व स्तरभन्दा १४।४ ब्यारेलले घटेको छ । अप्रिलमा विश्वव्यापी आपूर्ति थप १।८ ब्यारेलले घटेर ९५।१ ब्यारेल पुगेको छ । फेब्रुअरीदेखि हालसम्म कुल १२।८ ब्यारेलको गिरावट देखिएको छ । होर्मुज स्ट्रिट बन्द हुँदा इराक र कुवेत जस्ता देशहरूले तेल निर्यात गर्न सकेका छैनन्, किनकि उनीहरू यही समुद्री मार्गमा निर्भर छन् । तर साउदी अरब र युएईले वैकल्पिक मार्गबाट निर्यात जारी राखेका छन् । इन्टरनेशनल इनर्जी एजेन्सीका अनुसार मार्चमा विश्वव्यापी तेल भण्डार १२९ मिलियन ब्यारेल र अप्रिलमा ११७ मिलियन ब्यारेलले घटेको छ । गर्मीमा माग उच्च हुने समयमा तेल बजारमा ठूलो मूल्य अस्थिरता देखिन सक्ने एजेन्सीले चेतावनी दिएको छ ।
भारतको तेल भण्डार सकिँदै गरेको खबरले नेपाललाई समेत प्रत्यक्ष असर पर्ने देखिएको छ । नेपालमा भारतबाटै डिजेल–पेट्रोल आयत हुने गरेको छ । भारत हुँदै आयात हुने इन्धन भारतमै सकिँदै गएको अवस्थाले नेपालमा समेत प्रत्यक्ष असर पर्ने जानकार बताउँछन् । नेपालले इण्डियन आयलबाट डिजेल–पेट्रोल किन्ने गरेको छ । मध्य पूर्वको द्वन्द्वका कारण भारतबाट नेपाल आउने इन्धनको मूल्य बढेको छ । जसका कारण नेपाली नागरिकको दैनिकी प्रभावित भएको छ । भारतबाट डिजेल–पेट्रोलको भाउ बढेर आउन थालेपछि नेपाल सरकारले पनि इन्धनको मूलय बढाएको छ । जसका कारण यातायातका साधनमा भाडादर बढेको छ । निर्माण क्षेत्र प्रभावित भएका छन् ।


