Aamsanchar

सोलमारीबाट केर्खाका लागि छुटेको मोटरसाइकलको ठक्करबाट ७० वर्षीय वृद्धकाे मृत्यु

Author Image
आइतवार, जेठ ३, २०८३

झापा : झापामा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । कमल गाउँपालिका-१ निवासी ७० वर्षीय वृद्ध शंकरप्रसाद ढुङ्गाना रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शनिबार साँझ साढे ६ बजे कमल-१ इट्टाभट्टास्थित भित्री सडक खण्डमा सोलमारीबाट केर्खातर्फ आउँदै गरेको को १० प १४८० नम्बरको मोटरसाइकलले पैदल यात्री ढुङ्गानालाई ठक्कर दिएको थियो ।

गम्भीर घाइते ढुङ्गानालाई निम्स अस्पताल दमकमा पुर्‍याई सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएकोमा गएराति ११:४५ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक ३५ वर्षीय लुडो सतारलाई नियन्त्रणमा लिइएको छ ।

 

 

Views: 28

प्रतिक्रिया (०)

सम्बन्धित खबर