
काठमाडौं –पुरुषोत्तम महिना सुरु भएसँगै राजधानीको दक्षिण–पश्चिम क्षेत्रमा रहेको मत्स्यनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
हरेक तीन वर्षमा पर्ने अधिकमासका अवसरमा चन्द्रागिरी नगरपालिका–९ स्थित उक्त मन्दिरमा एक महिनासम्म विशेष मेला लाग्ने गर्दछ। यस मेलालाई ‘मत्स्यनारायण मेला’का रूपमा चिनिन्छ।
मत्स्यनारायण मेला व्यवस्थापन समितिका संयोजक अच्युत अधिकारीका अनुसार बिहानैदेखि दर्शनार्थीहरूको भीड लागिरहेको छ।
मन्दिर परिसरमा रहेको कुण्डमा स्नान गरी मध्यभागमा रहेको भगवान् मत्स्यनारायणको दर्शन गरेमा पाप नाश हुने धार्मिक विश्वास रहेको छ। साथै छालासम्बन्धी रोग तथा घाउ–खटिरा निको हुने जनविश्वास समेत रहिआएको छ।
Views: 22


