
काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ ।
सर्वोच्चका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासमा प्रसाईंका कानुनव्यवसायीको बहस सकिएसँगै आदेशको तयारी भएको छ । प्रसाईंलाई सोमबार ९जेठ ४० पर्साको वीरगन्जबाट पक्राउ गरिएको थियो । जिल्ला प्रहरी कार्यालय पर्साले प्रसाईंलाई वीरगन्जको दियालो होटलबाट पक्राउ गरी हिरासतमा राखेको छ ।

प्रसाईंको हकमा अधिवक्ता आशिष लुइटेलले जिल्ला प्रहरी कार्यालय पर्सालाई विपक्षी बनाएर बुधबार ९जेठ ५० गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए । उनलाई बिनाआधार र कारण गैरकानुनी थुनामा राखिएको दाबी रिटमा गरिएको छ ।

प्रसाईं राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका संयोजक समेत हुन् ।
Views: 16


