Aamsanchar

हावाहुरी र वर्षाले विद्युत् आपूर्ति अवरुद्ध

Author Image
मङ्गलवार, जेठ १२, २०८३

विराटनगर – हावाहुरी, वर्षा र चट्याङका कारण मोरङको विराटनगरका धेरै स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । विद्युत् आपूर्ति अवरुद्ध भएको साढे १२ घण्टाभन्दा बढी समय भइसकेको स्थानीयले बताएका छन् ।

सोमबार ९जेठ ११०को हावाहुरी र वर्षाका कारण ३३ केभी विराटनगर ३, मल्टिफ्युल, कटहरी र विराटनगर औद्योगिक फिडरमा अहिले पनि ‘फल्ट’ देखिएको नेपाल विद्युत् प्राधिकारणले जनाएको छ ।

प्राधिकरणका अनुसार, धेरै ठाउँमा विद्युत् पोल भाँचिएको छ । रुख ढल्दा तार चुँडिएको छ । क्षति भएको ठाउँमा प्राधिकरणका प्राविधिक तथा कर्मचारी खटिएर मर्मत कार्य सुरु भइसकेको जनाइएको छ ।

तर, पूर्ण रूपमा मर्मतसम्हारको कार्य पूरा नहुन्जेल धेरै स्थानमा बिजुली आपूर्तिको सम्भावना न्यून रहेको प्राधिकरणको विराटनगर कार्यालयले जनाएको छ । क्षतिको विवरण संकलनको कार्य समेत मंगलबार (जेठ १२) बिहानदेखि थालिएको छ ।

Views: 14

प्रतिक्रिया (०)

सम्बन्धित खबर