Aamsanchar

बसभित्र एक युवतीले लगाएको गलाको सुनको सिक्री लुट्ने समूहका चार जना पक्राउ

Author Image
बिहिवार, जेठ १४, २०८३

काठमाडौं – सिक्री लुट्ने समूहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको लिशंखुवाखर गाउँपालिका–७ का २९ वर्षीय जनक तामाङ, सोही ठाउँका ३० वर्षीय साइमन भनिने मनकुमार तामाङ, ललितपुकरो कोन्जोसोम गाउँपालिका–५ का २५ वर्षीय उमेश मुक्तान र काभ्रेको नमोबुद्ध नगरपालिका–७ का ३० वर्षीय अर्जुन तामाङ छन् ।

 

उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको हो । यो समूहले १३ जेठमा कोटेश्वर हुँदै बल्खु जाँदै गरकेो बसभित्र एक युवतीले लगाएको गलाको सुनको सिक्री चोरेको आरोप छ ।

सिक्री लुटेको सूचना पाउनासाथ प्रहरीले उनीहरूलाई सिक्री सहित पक्राउ गरेको हो ।

Views: 16

प्रतिक्रिया (०)

सम्बन्धित खबर