Aamsanchar

प्रचण्डको केही दिन अस्पतालमै बस्ने

Author Image
आइतवार, जेठ १७, २०८३

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्यमा केही ´सुधार` आएको छ ।

निमोनियाको लक्षण देखिएपछि शनिबार ललितपुरस्थित मेडिसीटी अस्पताल भर्ना भएका प्रचण्डको स्वास्थ्यमा सुधार आएको नेकपा पार्टी कार्यालयका सचिव गोविन्द आचार्यले जानकारी दिए ।

आचार्यले  भने, “उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । एकरदुई दिन अस्पतालमै बसेर उपचार गर्नु भन्ने डाक्टरको सल्लाह बमोजिम उहाँ अहिले अस्पताल भर्ना हुनुभएको हो । अरु बाहिर आएर जस्तो कुनै स्वास्थ्य समस्या छैन ।”

प्रचण्डको स्वास्थ्यमा असहज भएपछि शनिबार अस्पताल भर्ना भएका हुन् ।

Views: 23

प्रतिक्रिया (०)