Aamsanchar

प्रधानमन्त्री बालेनले भने : नेपालको सीमा विवादबारे इंग्ल्याण्डसँग पनि कुरा भएको छ

Author Image
आइतवार, जेठ १७, २०८३

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले नेपालको विवादित भूभागबारे भारत र चीनका साथै इंग्ल्याण्डसँग पनि कुरा गरेको बताएका छन् । आज प्रतिनिधि सभा बैठकमा सांसदका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले सो जानकारी गराएका हुन् ।

‘भारत र चीनमात्रै नभइ इंग्ल्यान्ड सरकारसँग पनि कुरा गरेका छौं,’ प्रधानमन्त्री शाहले भने, ‘उहाँहरू ब्रिटिश इन्डिया छाड्दैगर्दाको समस्या अहिलेसम्म भइरहेको हुँदा यसमा इंग्ल्यान्डले पनि सरोकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।’

एमाले सांसद पद्मा अर्यालले भारतले नेपालको भूमि प्रयोग गरेर बाटो खोलेको विषयमा सरकारको धारणा मागेकी थिइन् । सोहीक्रममा प्रधानमन्त्री बालनले यसबारे नेपाल सरकारले भारतलाई डिप्लोमेटिक नोट पठाएको र भारतबाट त्यसको जवाफ पनि आइसकेको जानकारी दिए । ‘त्यो जवाफमा दुवै सरकारले आफ्नो इतिहासविद् राखेर भूमिसम्बन्धी जानकारी भएका व्यक्तिहरू राखेर टेबल टकमार्फत समाधान गर्ने कुरा भएको छ,’ उनले भने ।

Views: 7

प्रतिक्रिया (०)

सम्बन्धित खबर