Aamsanchar

विर्तामोड उद्योग वाणिज्य संघमा दुई प्यालन विच कडा प्रतिष्पर्दा

Author Image
आइतवार, साउन १५, २०७४

बिर्तामोड उद्योग बाणिज्य संघको साउन २२ गते हुने निर्वाचनका लागि व्यवसायीका दुई अलग–अलग प्यानल खडा भएको छ ।

‘बन्द–हड्ताल र चन्दामुक्त बिर्तामोड हाम्रो अभियान, सुरक्षित व्यवसायिक वातावरण हाम्रो स्वाभिमान’ भन्ने मूल नाराका साथ लोकतान्त्रिक व्यवसायिक साझा प्यानल बनाएर कुमार भट्टराईले अध्यक्षमा उम्मेदवारी दिएका छन, भने ‘व्यवसायीको संस्था, व्यवसायीकै नीति, व्यवसायीकै नेतृत्व’ भन्ने मूल नारासहित संयुक्त व्यवसायिक प्यानल नाम दिएर हनुमान मित्तलले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

लोकतान्त्रिक व्यवसायिक साझा प्यानलका तर्फबाट अध्यक्षमा भट्टराई, बरिष्ठ उपाध्यक्षमा प्रकाश शिवाकोटी, उद्योग उपाध्यक्षमा राजु न्यौपाने, बाणिज्य उपाध्यक्षमा शार्दुलहाङ ओली, जनसम्पर्क उपाध्यक्षमा पार्वता विमली, महासचिवमा प्रशान्त भण्डारी भेषराज, उद्योग सचिवमा रवीन्द्र भट्टराई, बाणिज्य सचिवमा घनश्याम चौधरी र कोषाध्यक्षमा मनोज अग्रवालले उम्मेदवारी घोषणा गरेका छन् । खुल्ला सदस्यमा राजु घिमिरे, राजकुमार साह, राजु सापकोटा, सञ्जीव घिमिरे, कुशल खतिवडा, ओमप्रकाश श्रेष्ठ, हरि दियाली रहेका छन् । त्यस्तै महिला सदस्यमा राधिका चुडाल हुमागाँई र रजनी बजगाई थपलियाले उम्मेदवारी दिएका छन् ।

यसैगरी संयुक्त व्यवसायिक प्यानलको तर्फबाट अध्यक्षमा मित्तलसहित बरिष्ठ उपाध्यक्षमा गंगाप्रसाद मैनाली, उद्योग उपाध्यक्षमा कुलप्रसाद खरेल, बाणिज्य उपाध्यक्षमा नारायणप्रसाद चिमरिया, महिला उपाध्यक्ष दुर्गा खतिवडा, महासचिवमा सुवास भट्टराई, उद्योग सचिवमा राजन थापा, बाणिज्य सचिवमा प्रकाश घिमिरे र कोषाध्यक्षमा पवन खडेरियाले उम्मेदवारी दिएका छन् ।
त्यस्तै सदस्यमा खगेन्द्रप्रसाद खरेल, सूर्यकुमार खतिवडा, राजु पारिक, शत्रुघनप्रसाद गुप्ता, गौरीशंकर गुप्ता टिंकू, सुरज चौधरी, बृहस्पति पाण्डे र महिला सदस्यमा उर्मिला खरेल र दुर्गा थपलियाले उम्मेदवारी दिएका छन ।

Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर