Aamsanchar

लोडसेडिङमुक्त हुँदै बिर्तामोड/गफ मात्र त होइन ?

Author Image
सोमवार, साउन १६, २०७४

बिर्तामोड।

बिर्तामोड नगरवासी अब लोडसेडिङ र लो–भोल्टेजको समस्या झेल्नु नपर्ने भएको छ ।नेपाल सरकार ऊर्जा मन्त्रालय र एडीवीको संयुक्त लगानीमा झापामा वितरण प्रणाली सुदृढीकरण आयोजना सञ्चालन शुरु भएसँगै बिर्तामोड नगरवासीले यस्तो समस्या झेल्नु नपर्ने भएको हो । उक्त आयोजना सञ्चालनका लागि २८ करोड रुपैयाँ विनियोजन भएको नेपाल विद्युत् प्राधिकरण अनारमनी बितरण केन्द्रका प्रमुख राजीवकुमार सिंहले जानकारी दिए ।
एटुजेड प्रालि भारतसँग सम्झौता भएपछि अहिले कनकाई नगरपालिकाको लक्ष्मीपुरमा घैलाडुव्वा शवस्टेशन निर्माण भइरहेको छ । आठ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको सव स्टेशनको उद्घाटन तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले गरेका थिए ।
यता वाइवा इन्फोटेक नेपालले बिर्तामोडका लागि सम्झौता गरेर बितरण प्रणाली सुदृढीकरणको काम शुरु गरेको छ । अव्यवस्थित विद्युतीय तारका कारण हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्दै विद्युत् प्रशारण लाइनको क्षमता बढाएर लो–भोल्टेजको समस्या पूर्ण रुपमा हटाउने आयोजनाका व्यवस्थापक वोधराज ढकालले जानकारी दिए । एक वर्षभित्र सम्पूर्ण काम सक्ने गरी अहिले सर्भेको काम भइरहेको र अव्यवस्थित भएका तार र पोलको व्यवस्थापन गर्दै सबै नाङ्गा तार हटाउने ढकालले बताए । भदौबाट बिर्तामोडमा रहेका नाङ्गा तार हटाएर प्लाष्टिक जडित तार बिछ्याउने कार्य शुरु गरिने बताइएको छ ।
नाङ्गा तार हटाएपछि चुहावट कम हुने, विद्युत्का कारण हुन सक्ने जोखिम कम हुने, ट्रान्स्फर्मर जल्ने समस्याको अन्त्य हुने नेपाल विद्युत् प्राधिकरण अनारमनी बितरण केन्द्रका प्रमुख सिंहले बताए । आयोजना अन्तर्गत ६० किलोमिटर एचटी (हाइटेन्शन) र एक सय किलोमिटर एलटी (लो–टेन्सन) लाइन विस्तार गरिने बताइएको छ । बिर्तामोडमा मात्रै २५ वटा २०० केभीएका ट्रान्सर्फमर जडान गरेर २४सैं घण्टा विद्युत् आपूर्ति गर्ने तयारी भइरहेको केन्द्र प्रमुख सिंहले बताए । कार्यक्रम अन्तर्गत बिर्तामोड, शनिश्चरे, चारआली र खुदुनावारीमा विद्युतको क्षमता विस्तार गर्दै लो–भोल्टेजको समस्या हटाइने भएको छ ।
यता लक्ष्मीपुर, सुरुङ्गा तथा कारखाना क्षेत्रमा पनि वितरण गरिएको विद्युत् लाइन सुदृढीकरण गर्दै लो–भोल्टेजको समस्या हटाइने बताइएको छ । बिर्तामोडमा वितरण प्रणाली सुदृढीकरण कार्यक्रमले शहरी सौन्दर्य समे

Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर