सुर्य खवास/ युएई,

आदिवासी जनजातिको सान, स्वभिमान, आत्मसम्मान र पहिचान भन्ने नाराका साथ “विश्व आदिवासि दिवस-२०१७” नेपाल आदिवासी जनजाती महासघं युएईले आवद्ध ११ ओटै जातिय संस्थाको सहभागितामा यहि अगष्ट ११ का दिन दुबईको कल्टर्न टावर होटलमा सम्पन्न गर्ने अन्तिम तयारी पूरा गरेको आयोजक समितिले जानकारी दिएको छ।
युएईका लागि नेपालका कार्यबाहक राजदुत महामहिम नेत्र बहादुर टण्डनको प्रमुख आतिथ्यमा सम्पन्न हुने उक्त कार्यक्रमको प्रमुख वक्ताको रुपमा नेपाल बाट आदिवासी जनजाती अभियन्ता,सस्कृती विद, समाजशात्री प्राध्यापक कृष्ण भट्टचन आउनुहुने भएको छ ।
कार्यक्रममा महासघंमा आवद्ध ११ ओटै जातिय संस्थाले आफ्नो पहिचान झल्कने विभिन्न प्रकारका सामाग्रीको स्टल राखी प्रदर्शनी गर्ने कार्यक्रम रहेको साथै उक्त अवसरमा अफ्नो भेषभुषा र संस्कृती झल्कने झाँकि समेत प्रस्तुत हुने आयोजकले जनाएको छ ।
विश्व आदिवासी दिवस सन १९९४ बाट संयुत्त राष्ट्र सघंले विश्व भरका आदिवासी जनजतिहरुको मौलिक पहिचानको संरक्षण, सम्वर्धन र विकास गर्ने, उनिहरुको जल, जमिन र प्राकृतिक श्रोत र साधन मथी अग्राधिकार, मौलिक हक राज्य संचालनमा पहुँच र प्रतिनिधित्व स्थापित गर्ने कार्य राज्यको जिम्मेवारी हो भनी स्विकार गरेको उपलक्ष्यमा विश्वका सबै देशहरुमा अगष्ट ९ मा मनाउन थालिएको हो ।विश्वभर अगष्ट ९ मा मनाउने गरिए पनि प्रवासमा रहेका नेपालिहरुले भने अनुकुल समय मिलाएर मनाउने गरेका छन ।
उक्त अवसरमा नेपाल आदिवासी जनजाती महासघं युएईको नयाँ कार्यसमितिको घोषणा गरिने कार्यक्रम समेत रहेको आयोजकले जनाएको छ ।
Views: 153

