Aamsanchar

मादक पदार्थ सेवन गरेर कुरा खोलेपछि प्रहरीको खोरमा

Author Image
मङ्गलवार, साउन १७, २०७४

बिर्तामोड।

भुटानी शरणार्थीको हत्यामा संलग्न भनिएका अभियुक्तलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ ।पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–३ निवासी ३८ वर्षीय भूपेन्द्र भनिने भीमबहादुर भट्टराई रहेको इलाका प्रहरी कार्यालय अनारमनी जनाएको छ ।

इलाका प्रहरी कार्यालय परिसर बिर्तामोडमा सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रहरी नायव उपरीक्षक केशवकुमार थेवेले २०५८ साल फागुन २६ गते खुदुनावारीमा रहेको भुटानी शरणार्थी शिविर सेक्टर ए टु हट नम्वर ३१ निवासी ५५ वर्षीय सन्तवहादुर अधिकारी क्षेत्रीलाई भट्टराईले धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेर फरार रहेको जानकारी दिए ।
क्षेत्रीको हत्या साविक खुदुनावारी–७ र ९को सीमाना सुखानी खोलामा भएको प्रहरी नायव उपरीक्षक थेवेले बताए ।
कसरी भयो हत्या ?
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा ताप्लेजुङ घर भई खुदुनाबारी–७ निवासी भट्टराईले मादक पदार्थ सेवन गरेर क्षेत्रीलाई खुकुरी प्रहार गरी हत्या गरेका थिए ।

भट्टराईले हटियामा खुकुरी किनेर लगेको र शिविरको लागि पानी तान्ने पम्पको चौकीदार गरी बसेका क्षेत्रीसँग उनले राति सवा ९ बजे टर्च लाइट मागेका थिए । क्षेत्रीले टर्च लाईट नदिएपछि सामान्य बिबादका क्रममा शुरुमा ढुङ्गा प्रहार र पछि खुकुरी प्रहार गर्दै उनको हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्या गर्नु अघि क्षेत्रीलाई काम गरिरहेको ठाउँबाट २० मिटर तल खोलामा लगेर टाउको, कुम तथा शरीरका बिभिन्न भागमा काटेर निर्ममतापूर्वक हत्या गरेको पत्रकार सम्मेलनमा प्रहरी नायव उपरीक्षक थेवेले बताए ।
१६ वर्षसम्म कहा“ थिए अभियुक्त ?
क्षेत्रीको हत्यापछि भट्टराई अपराधबाट उन्मुक्ति पाउन मलेशिया हुँदै कम्वोडिया, भियतनामसम्म पुगेर बसेको प्रहरीले जनाएको छ । दुई वर्ष अघि उनी नेपाल आएका थिए । नेपाल आएपछि उनले बिर्तामोडस्थित एक होटलमा मादक पदार्थ सेवन गरिरहेको अवस्थामा घटनाको विषयमा कुरा खोलेपछि प्रहरीले उनलाई पछ्याएको थियो । उनलाई प्रहरीले बिर्तामोडबाटै पक्राउ गरेको हो ।

Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर