Aamsanchar

जन्मोत्सवमा पत्रकार उपचार कोषलाई सहयोग

Author Image
बुधवार, साउन १८, २०७४

बिर्तामोड,


बिर्तामोडस्थित अञ्जली ओभरसिजका सञ्चालक भानुप्रसाद शिवाकोटीले नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषका लागि २१ हजार रुपैयाँ प्रदान गरेका छन् ।
पत्रकार महासंघका उपाध्यक्ष एवम् पत्रकार उपचार कोषका संयोजक एकराज गिरीलाई शिवाकोटीले आफ्नो ४७ औं जन्मोत्सव कार्यक्रमकाबीच आज बुधबार बिर्तामोडमा उक्त रकम प्रदान गरे । बिर्तामोड १ निवासी शिवाकोटी अञ्जली ओभरसिजको सञ्चालक रहनुका साथै सामाजिक र धार्मिक कार्यमा समेत सक्रिय छन् ।
बिरामी तथा घाइते भएको अवस्थामा पत्रकारको उपचारमा सहयोग पुर्याउन रकम प्रदान गरेको शिवाकोटीले बताए । जन्म दिनमा पुनित कर्म गर्ने मनसायले यो सानो सहयोग सुरुवातमात्र भएको बताउदै शिवाकोटीले पत्रकार उपचार कोषको लक्ष्य पूरा गर्न निरन्तर र महत्वपूर्ण सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
पत्रकार महासंघले १ करोड रुपैयाँको उपचार कोष बनाएर त्यसको व्याजबाट पत्रकारको उपचारमा सहयोग गर्ने उद्देश्यले सञ्चालन गरेको अभियान अन्तर्गत हाल २९ लाख रुपैयाँ बढी संकलन भएको छ । उपचार कोषमा विभिन्न क्षेत्रबाट सहयोग प्रदान गर्ने क्रम जारी रहेको महासंघका सहसचिव एवम् कोषका सचिव केशव भट्टराईले जानकारी दिए ।
शिवाकोटीको जन्मोत्सव समारोहमा अञ्जलि ओभरसिजका निर्देशक ज्ञानु प्रसाईले स्वागत र राजन ढुंगेलले सञ्चालन गरेका थिए ।

Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर