Aamsanchar

विर्तामोडमा स्वाइनफ्लूको त्रास/चिकित्सकको टोली खट्यो

Author Image
बुधवार, साउन १८, २०७४

विर्तामोड ।

प्रन्ध्र दिनको अवधिमा झापाको विर्तामोडमा दुई महिलाको स्वाइनफ्लूका कारण निधन भएपछि विर्तामोड आसपासमा त्रास बढेको छ ।

स्वास्थ्य संस्थाहरुमा विरामीको चाप बढ्न थालेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख मधुसुधन कोइरालाले बताए । उनका अनुसार यो समय सिजनल फ्लूको भएकाले पनि सामान्य रुघाखोकी लाग्दैमा आत्तिहाल्नु पर्ने अवस्था छैन् । तर सर्वसाधारणमा भने कतै स्वाइन फ्लू रोगको संक्रमण त होइन भन्ने त्रास बढेको पाएको उनको भनाई छ ।

ज्नस्वास्थ्य प्रमुख कोइरालाका अनुसार स्वाइनफ्लूको वास्तविता पत्ता लगाउन तीन सदस्य चिकित्सकको टोली विर्तामोडमा खटिएको र वर्तामोडका मेयर धु्रव शिवाकोटी सहितका जनप्रतिनिधिको सहयोगमा रोग र रोगीको वास्तविकता लिने काम जनस्वास्थ्यले थालेको प्रमुख कोइरालाले आमसञ्चार डट.कम. लाई जानकारी दिए ।

भरतको एपोलो अस्पतालमा मृत्यु भएकाले आफुहरुलाई जानकारी प्राप्त नभएको भन्दै सचेतना तथा विभिन्न कार्यक्रम तत्काल सुरु गर्ने उनले जानकारी दिए । उनले इपिडिमियोली तथा रोग नियन्त्रण महाशाखामा समेत जानकारी गराइसकेको उल्लेख गरे ।

स्वाइनफ्लू स्वासप्रश्वासको माध्यमबाट सर्ने भएकाले बढी भीड भएको स्थानमा नजान तथा मुखमा अनिर्वाय माक्स लगाएर मात्र हिड्न मेची अञ्चल अस्पतालका सुपरिटेन्डेन पिताम्बर ठाकुरले सुझाव दिए ।

एन वान एच वान भाइरसको माध्यमबाट स्वाइनफ्लू रोग लाग्ने भएकाले दमका रोगी तथा बालबालिका र वृद्धवृद्धा बढी प्रभावित हुन्छ भने चिकित्सक समेत यो रोगको जोखिममा पर्ने सुपरिटेन्डेन ठाकुरले जानकारी दिए ।

स्वाइनफ्लू रोगको संक्रमणबाट बिर्तामोड नगरपालिका– १ र ४ निवासी दुई महिलाको मृत्यु भएको हो । उनीहरुको भारतको दिल्लीस्थित एपोलो हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा बिर्तामोड–४निवासी ४७ वर्षीया अनीतादेवी मित्तल र बिर्तामोड–१ निवासी ३७ वर्षीया मनिषा अग्रवाल रहेका छन् । उनीहरुको स्वाइनफ्लू रोगको संक्रमणका कारण मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

श्वासप्रश्वासमा सामान्य समस्या देखिएको र खोकी लागेपछि अनीतालाई उपचारका लागि असार २१ गते भारतको सिलगढीस्थित नवदीता नर्सिङ होममा भर्ना गरिएको उनका श्रीमान् राजु मित्तलले बताए । अनीताको गत साउन १ गते अस्पतालमा निधन भएको थियो । सोही अस्पतालमा स्वाइनफ्लूका कारण साउन १५ गते राति मनिषाको पनि निधन भएपछि बिर्तामोडमा स्वाइनफ्लू रोगको संक्रमण फैलिएको आशंका गरिएको छ ।

Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर