Aamsanchar

कोरिया समाजद्वारा बाढीपिडितलाई राहत

Author Image
बिहिवार, भदौ २२, २०७४

इलाम।

दक्षिण कोरियामा रहेका नेपालीहरुको संस्था सूर्योदय सेवा समाज इलामले झापाका बाढीपीडितलाई राहत हस्तान्तरण गरेको छ । गत साउन महिनामा आएको बाढीले झापाको शिवसताक्षी नगरपालिका–४, सतारबस्तीमा १० घर र पाँचगाछी–५, टापुमा ३० घर गरी जम्मा ४० घरलाई क्षति पुर्याएको थियो ।
बाढीबाट पीडित बनेका परिवारलाई संस्थाले ८० हजार नेपाली रुपैयाँ बराबरको खाद्य सामग्री चामल, म्याट, नुन, तेल, साबुन र नगद ५ सयका दरले नगद उपलब्ध गराएको हो । संस्थाका सदस्य प्रतिनिधि दावा फिन्जो तामाङ र निरु श्रेष्ठ बोहोराले राहत हस्तान्तरण गरेको संस्थाका अध्यक्ष हरि खनालले जानकारी दिए । अभियानमा कृपा नेपाल झापाले सहकार्य गरेको थियो ।
कोरियामा रोजगारी गर्दै आएका इलामेली द्वारा सञ्चालित संस्थाका बरिष्ठ सल्लाहकार प्रतिक बोहोराको नेतृत्वमा राहत संकलन गरिएको अध्यक्ष खनालले बताए ।
समाजका पीडित समुदाय र प्रगतिशील क्षेत्रमा मद्दत गर्ने उद्देश्यले सन् २०१२ मा यस संस्थाको स्थापना भएको उनको भनाइ छ । यस संस्थाले कोरिया तथा नेपालमा दैवीप्रकोप, बिरामी, विपन्न, वृद्धा दृष्टिविहीन, अनाथ बालबालिका र खेलकुद लगायतका क्षेत्रमा सहयोग गर्दै आएको बताइएको छ ।
यसअघि ताप्लेजुङ सदरमुकामको आगलागी पीडितलाई ८५ हजार, दोलखाको नाम्दुका २ सय घरपरिवारलाई २ लाख ५० हजार बराबरको राहत प्रदान गरेको थियो ।
इलाम गोलाखर्कका बालक सुसान्त तामाङको उपचारको लागि ३ लाख नगद रकम उपलब्ध गराएको थियो । आगामी दिनमा पनि यस किसिमका सहयोग निरन्तर अघि बढाइने संस्थाका अध्यक्ष खनालले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर