Aamsanchar

आचारसंहिताका कारण नेतृत्व चयन भएन

Author Image
आइतवार, भदौ २५, २०७४

लक्ष्मीपुर।

अर्जुनधारा नगरपालिका–५, लक्ष्मीपुरस्थित बागेडाँगी त्रिदेवी बहुउद्देश्यीय सहकारी संस्था लि.को नयाँ कार्य समिति चयनसहितको १५औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशन निर्वाचन आयोगको आचारसंहिताका कारण समिति चयन नै नगरी समाप्त भएको छ ।
गत भदौ १५ गतेको वैठकबाट २४ गते साधारणसभा गरी अधिवेशनवाट कार्यसमिति चयन गर्न विष्णुप्रसाद चुडालको संयोजकत्वमा गठित तीन सदस्यीय निर्वाचन समिति तथा संस्थाको कार्यसमितिले आचारसंहिता सम्बन्धमा कुनै जानकारी नलिई कार्यक्रम तय गरेको र अधिवेशनको दिन मात्र आचारसंहिताको कारण देखाइएको भन्दै शेयर सदस्यले असन्तुष्टि जनाएका थिए ।
यसैबीच कार्यसमिति तथा निर्वाचन समितिले गल्ती स्वीकार्दै आगामी पुसमा पुनः भेला वोलाई कार्यसमिति छनौट प्रक्रिया अघि बढाइने जानकारी दिइएकोे संयोजक चुडालले बताए । गत २०५४ सालमा स्थापना गरिएको सहकारी संस्था यतिवेला मजवुत भएको बताइएको छ भने विगतदेखि कार्यसमिति सर्वसम्मत चयन हुँदै आए पनि यसवर्ष भने अध्यक्ष पदका लागि कडा प्रतिष्पर्धा हुने देखिएको थियो ।
अध्यक्ष पदका लागि बर्तमान अध्यक्ष दुर्गाप्रसाद पराजुली, छविलाल लम्साल, मानबहादुर कार्की, भीम लम्साल, उमानाथ लम्सालबीच प्रतिष्पर्धा हुने तयारी भएको थियो । तर, निर्वाचन मिति पर सरेकोले त्यसवेलासम्ममा जसरी भएपनि सहमति जुटाउन प्रयत्न गरिने र सहकारी जस्तो जनताको हितमा काम गर्ने संस्थामा राजनीतिक रंग रोप्न नदिइनेमा सचेत शेयर सदस्यहरु प्रतिवद्ध भएको पाइएको छ ।
सामुदायिक भवन विहीवारे बजारमा सम्पन्न भएको सो कार्यक्रम जिल्ला सहकारी संघ झापाका लेखा समिति संयोजक चूडामणि ओझाको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष दुर्गा पराजुलीको अध्यक्षतामा भएको थियो ।
उपाध्यक्ष रामप्रसाद गिरीले स्वागत तथा व्यवस्थापक युवराज रिजालले सञ्चालन गरेको कार्यक्रममा सञ्चालक समितिको तर्फबाट अध्यक्ष पराजुलीले संस्थाको वार्षिक प्रतिवेदन र लेखा संयोजक लीलाबहादुर कटुवालले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वडा नं. ५का वडाध्यक्ष ध्यानवहादुर भारती, कनपा वडा नं. ८का वडाध्यक्ष प्रेम कटुवाल, केशवप्रसाद ओझा, लक्ष्मी ढुंगाना, एलवी गिरी, धर्मानन्द निरौला, तेजकुमार गिरी, सूर्य रिमाल, चन्द्रप्रसाद चुडाल, सुनीता सिग्देल लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको व्यवस्थापन संस्थाका जानुका चौंलागाँई, मुना घिमिरे, मायाँ नेपाल र रमा सापकोटाले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर