भोजपुर,

भोजपुरको षडानन्द नगरपालिकामा खोलाले बगाएर एक जनाको ज्यान गएको छ । आइतबार साँझ कान्ले खोलामा आएको बाढीले बगाउँदा षडानन्द नगरपालिका–७ की १९ बर्षीया दिचना दर्जीको ज्यान गएको हो ।

धान गोडेर घर फर्कने क्रममा खोला तर्न खोज्दा देउराली र तुंगेछा वीचको कान्ले खोलाले दर्जीलाई बगाएको इलाका प्रहरी कार्यालय दिंलाले जनाएको छ ।
Views: 166

