Aamsanchar

‘’युएईमा परम तत्व ज्ञान परिषद स्थापाना’’

Author Image
आइतवार, असोज १, २०७४

भरत शिवाकोटी/ युएई,

प्रवासमा रहे पनि नेपालको मौलिक संस्कृती अनि परम्परालाई जगेर्ना गर्ने नेपालीहरुलाई कसैले छेक्न सक्दैन । संस्कृती, परम्परा जोगाउन मात्र इच्छाशक्ती भए पुग्छ । यहि दिशामा अग्रसर हुँदै युएईमा रहेका विभिन्न संस्कृती र परम्परालाई जगेर्ना गर्ने संस्था तथा समूहहरुमा थप एउटा नयाँ संस्था थपिएको छ ।

‘’परम तत्व ज्ञान परिषद युएई’’ नाम दिएको यस संस्थाको प्रथम भेला गत १५ सेप्टेम्बर २०१७ शुक्रबारका  दिन दुबई स्थित सिन्धु पन्जाब रेष्टुरेन्ट मा सम्पन्न भएको छ । विशेषगरि दुबई क्षेत्रका नेपालीहरुको सहभागिता रहेको उक्त भेलाले राजुराज फुँयालको अध्यक्षतामा १५ सदस्य कार्यसमिती निर्माण गरेको छ । जसको उपाध्यक्षमा ओम प्रकाश न्यौपाने,महासचिवमा तिलक सापकोटा,सचिव मणि खतिवडा,कोषाध्यक्ष विक्रम पौडेल,सह-कोषाध्यक्ष रिता आचार्य र सदस्यहरुमा क्रमश: सलमा घिमिरे, कृष्ण भुजेल, रिशिराम न्यौपाने, रेश्मा गुरुङ, मुना बुढाथोकी, मुना भट्टराई, शुसिला राउत, विमला रायमाझी र कमल लामिछाने रहेका छन ।

संस्थाले धर्म, संस्कृतिलाई जीवन्त राख्न यो अभियान शुरु गरेको र आगामी केहि दिन भित्रै देखि मासिक रुपमा भजन किर्तन एवं नेपालीहरुमाझ हिन्दु धर्म सम्बन्धि आध्यात्मिक विचारका अन्तरक्रिया एवं धार्मिक ज्ञानहरु आदान-प्रदान गर्ने उदेश्य राखेको सचिव मणि खतिवडाले जानकारी दिएका छन ।

प्रमुख अतिथी गुरु राजुराज फुयाल को उपस्थितिमा सम्पन्न उक्त भेलाको सभापतित्वओम प्रकाश न्यौपानेले गरेका थिए भने सन्चालन मणि खतिवडाले गरेका थिए ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 195

प्रतिक्रिया (०)

सम्बन्धित खबर