भद्रपुर ।
झापाको भद्रपुरस्थित मेची रंगशालामा झापा जिल्ला प्रथम एकाडेमी स्तरीय नकआउट फुटबल प्रतियोगिता अन्तरगत मंगलबार भएको खेलमा केरखा स्टार फुटबल क्लव क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मुनाल क्लव भद्रपुरद्धारा सञ्चालित चन्द्रगढी फुटबल एकाडेमीद्धारा आयोजित प्रतियोगितामा जलथल फुटबल एकाडेमीलाई एकको विरुद्ध दुई गोल गर्दै केरखा क्वाटरफाइनलमा प्रवेश गरेको हो । पहिलो हाफ्मा केरखाले एक गोल गरेर अग्रता कायम गरेका थिए ।
केरखाको तर्फबाट सन्तोष न्यौपाने जलथलका गोलकिपर ओमन लामालाई छक्काएर १३ औ मिनेटमा गोल गरेका थिए । पहिलो हाफमा एक शुन्यले अगाडी केरखा अगाडी रहेको थियो । निक्कै प्रतिष्पर्दात्मक खेलको दोस्रो हाफमा जलथलले एक गोल गरेर खेल बराबरी गरेका थिए ।
जलथलका तर्फबाट सरोज कार्कीले ६९ औ मिनेटमा गोल गरेका थिए । त्यसको दुई मिनेट बित्न नपाउदै केरखाका रमेश केसीले ७१औ मिनेट गोल गरेर टिमलाई अग्रता दिलाएको थियो । केसीले गरेको गोल नै टिमका लागि निर्णाय गोल भएपछि केरखा क्वाटरफाइनलमा आफ्नो स्थान सुरिक्षत गरेको छ ।
खेलको म्यान अफ द म्याच केरखाका गोलकिपर ओमन लामा घोषित भएका थिए । यता भोली हुने खेल एपीएफ दमक र बिर्तामोड युनाइटेड बिच हुने आयोजक समितिका संयोजक योगलकिशोर राईले जानकारी दिए ।