Aamsanchar

चाडपर्व विशेष सुरक्षा योजना लागू

Author Image
बुधवार, असोज ४, २०७४

ललितपुर,

महानगरीय प्रहरी परिसरले नजिकिँदै गएको दशैँं, तिहार, छठलगायतका चाडपर्वलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था चुस्त बनाउन आजदेखि चाडपर्व विशेष सुरक्षा योजना २०७४ लागू गरेको छ ।

जिल्लास्थित विभिन्न स्थानमा घट्नसक्ने घटनालाई समयमै रोक्न उक्त योजना लागू गरेको परिषरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गणेशबहादुर ऐरले आज पत्रकार सम्मेलनमार्फत सो जानकारी गराउनुभयो ।
विशेष सुरक्षाअन्तर्गत बैँंक तथा वितीय संस्थाको सुरक्षा, चोरी नियन्त्रण, जुवातास नियन्त्रणको व्यवस्था, मादक पदार्थ सेवन गरेर झै–झगडा गर्नेको नियन्त्रण जस्ता कार्यक्रम रहेको परिषरका प्रमुख ऐरले बताउनुभयो ।

यस्तै गरी सुरक्षाअन्तर्गत जनचेतनामूलक कार्यक्रम जस्तै माइकिङ, घरदैलो, पर्चा पम्प्लेटिङ तथा विभिन्न स्थानमा अन्तक्र्रिया कार्यक्रम सञ्चालन गरिँदै लैजाने उहाँले बताउनुभयो ।

जिल्लाभरि सुरक्षाका लागि आवश्यक जनशक्ति परिचालन गरिने योजना रहेको उहाँको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर