भद्रपुर।
सैनिक फुटबल क्लव झापा जिल्ला प्रथम एकाडेमी स्तरीय नकआउट फुटबल प्रतियोगितामा अन्तिम चारमा प्रवेश गरेको छ ।
बेलबारी फुटबल क्लवलाई ३ को विरुद्ध ५ गोल गर्दै सैनिक अन्तिम चारमा प्रवेश गरेको हो । झापाको भद्रपुरस्थित मेची रंगशालामा जारी विहिवार भएको पहिलो क्वाटरफाइनल खेलमा सैनिकले दोस्रो हाफ मैदानमा गोलको बर्षा नै गरे । पहिलो हाफ्मा एक गोलले पछि परेका सैनिकका खेलाडीले दोस्रो हाफमा सानदार खेल प्रर्दशन गरका थिए । खेलसुरु भएलगतै पहिलो हाफमा बेलाबारीले गोल गर्दै खाता खोलेका थिए ।
१२ औ मिनेटमा बेलबारी तर्फबाट भिषन लिम्बुले गोल गरेका थिए । खेलको २२ मिनेटमा बेलबारीकै निशान लिम्बुले थप एक गोल गरेर टिमलाई शुन्यको विरुद्ध दुई गोलले अग्रता दिलाएका थिए । पहिलो हाफ अन्तिम समयमा ३२ औ मिनेटमा विकेश लिम्बुले एक गोल फर्काएका थिए । दोस्रो हाफ्मा सैनिकका खेलाडी लयमा फर्किएपछि खेलको ३८ औ मिनेट राज कन्दङ्गवाले एक गोल फर्काएपछि खेल बराबरीमा आएको थियो ।
४५ औ मिनेटमा बेलबारीका बालकृष्ण राईले थप एक गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । सैनिककै उमेश थापा ५१ औ मिनेटमा र विकेश लिम्बुले ५८ औ मिनेटमा गोल गरेका थिए । यता बेलबारीका निशान लिम्बु ह्याटिक गोल गरेपनि टिमलाई जिताउन सकेनन । लिम्बु ६१ औ र ६९ मिनेटमा गोल गरेका थिए ।
खेलको म्यान अफ द म्याच सैनिकका विकेश लिम्बु घोषित भएको थियो । मुनाल क्लव भद्रपुरद्धारा सञ्चालित चन्द्रगढी फुटबल एकाडेमीद्धारा आयोजित विहिवार हुने दोस्रो क्वाटरफाइनल खेल आयोजक टिम चन्द्रगढी फुटबल एकाडेमी र केरखा फुटबल क्लव बिच प्रतिष्पर्दा हुने आयोजिक समितिका संयोजक युगलकिशोर राईले जानकारी दिए ।